राजनीति

भिडिओ सन्देशको तयारीमा शेखर कोइराला, पार्टी विभाजनबाहेक सबै शर्तमा छलफलको अपिल

काठमाडौँ । भृकुटीमण्डपमा नेपाली कांग्रेसको विशेष महाधिवेशन उद्घाटनको तयारी भइरहँदा नेता शेखर कोइरालाले पार्टी पंक्तिमाझ भिडिओ सन्देशमार्फत आफ्नो धारणा सार्वजनिक गर्ने भएका छन्।

कोइरालाले पार्टी विभाजनबाहेक सबै शर्त र विकल्पमा छलफल गर्न नेतृत्वलाई आव्हान गर्ने बताइएको छ।विशेष महाधिवेशनका लागि काठमाडौँ आएका प्रतिनिधिहरू पनि कांग्रेसजन नै भएकाले उनीहरूको भावना बेवास्ता गर्न नहुने तर्क गर्दै कोइरालाले समस्या समाधानका लागि संवाद र सहमतिमा जोड दिनेछन्। साथै, वर्तमान विवाद समाधान गर्न नेतृत्वले पहल लिनुपर्ने अनुरोध पनि गर्ने तयारी रहेको जनाइएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *