देश

बलिउड स्टार सञ्जय दत्तको काठमाडौँमा

काठमाडौँ । बलिउडका चर्चित अभिनेता सञ्जय दत्त क्यासिनो उद्घाटनको विशेष प्रयोजनका लागि नेपाल आइपुगेका छन्। उनी आज साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै काठमाडौँ आएका हुन्।

चारतारे होटल बाराहीमा सञ्चालन हुन लागेको क्यासिनोको औपचारिक उद्घाटनमा सहभागी हुन दत्त नेपाल आएको स्रोतले जनाएको छ। विमानस्थलमा क्यासिनो व्यवस्थापन पक्षका प्रतिनिधिहरूले उनको स्वागत गरेका थिए।

आज राति होटल परिसरमै विशेष कार्यक्रमको आयोजना गरी क्यासिनो उद्घाटन गरिने तयारी गरिएको छ। छोटो भ्रमणका लागि आएका अभिनेता दत्त उद्घाटन कार्यक्रममा सहभागी भएपछि भोलि नै भारत फर्किने बताइएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *