राजनीति

प्रचण्ड नेतृत्वको नेकपा छोडेर पूर्वमन्त्री यादव जसपा नेपालमा प्रवेश

काठमाडौँ । प्रचण्ड नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री उमेश प्रसाद यादव जसपा नेपालमा प्रवेश गरेका छन् ।

मंगलबार जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले उमेश यादवलाई पार्टीमा स्वागत गरेका हुन् ।

जसपा नेपालको पार्टी कार्यालय बालकुमारीमा आयोजित कार्यक्रममा उपेन्द्र यादवले पूर्व सिंचाईमन्त्री समेत रहेका यादवलाई पार्टी प्रवेश गराएको उनको सचिवालयले जनाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *