देश

आरजु देउवाको दाबी: मेरो घरमा नोट जलेको छैन

काठमाडौं । पूर्व परराष्ट्रमन्त्री तथा नेपाली कांग्रेसकी नेता डा. आरजु राणा देउवाले भदौ २४ गते बूढानीलकण्ठस्थित आफ्नो घरमा आगजनी हुँदा नगद जलेको भन्ने समाचार गलत भएको दाबी गरेकी छन्।

आफूविरुद्ध परेको मुद्दामा सर्वोच्च अदालतमा लिखित जवाफ पेश गर्दै उनले विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमा फैलाइएको हल्ला गलत भएको उल्लेख गरेकी हुन्।

लिखित जवाफमा उनले भनिन्, “म तथा मेरो पति, नेपाली कांग्रेसका सभापति र पूर्व प्रधानमन्त्री, को निवासमा रकम जलेको भनी दोषारोपण गरिएको कुरा गलत हो।”

पूर्वपरराष्ट्रमन्त्री राणाले जवाफमा थपिन्, “शान्तिपूर्ण आन्दोलनमा उछृङ्खल व्यक्तिहरूले हाम्रो निजी निवासमा प्रवेश गरी भौतिक आक्रमण गरेका थिए र घरमा आगजनी भएको थियो, जसमा हामी घाइते हुन पुगेका थियौं। त्यसैले सुरक्षा परिषद्को बैठक डाक्न नसकिएको हो।”

उनले भनिन्, “जहाँसम्म मेरो घरबाट रकम जलेको भन्ने सामाजिक सञ्जालमा फैलाइएका अफवाहको कुरा छ, त्यसको सरकार र सम्बन्धित निकायले जाँच गरिसकेको छ र क्षतिपूर्ति समेत भइसकेको छ। त्यसैले पूर्वाग्रही र आशंकामा आधारित रिट निवेदन खारेज गर्नुपर्छ।”

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *