देश

पूर्वराष्ट्रपतिद्वारा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको अवलोकन

काठमाडौं। गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको क्रममा जलाइएको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको आज (मंसिर २५ गते) पूर्व राष्ट्रपति बिद्यादेवी भण्डारीले निरीक्षण गरेकी छन्।

२०६४ सालमा पहिलो संविधान सभाको निर्वाचन भए संगै संघीय संसद सचिवालयले उक्त भवन भाडामा लिएर संविधान सभा र पछि प्रतिनिधि सभा एवम् राष्ट्रिय सभाको बैठक संचालन गर्दै आएको थियो।

आज पूर्व राष्ट्रपति भण्डारी सहित प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहाल, संघीय संसद सचिवालयका महासचिव पदम प्रसाद पाण्डेय लगायतले उक्त केन्द्रको निरीक्षण गरेका हुन्।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *