विश्व

थाइल्यान्डसँगको सीमा विवाद बढ्दै गए पछि एक लाख भन्दा बढी कम्बोडियन विस्थापित

थाइल्यान्डसँगको सीमा विवाद बढ्दै गए पछि एक लाख भन्दा बढी कम्बोडियनहरू आफ्नो आश्रय स्थल छोडेर सुरक्षित क्षेत्र तर्फ भागेको कम्बोडियाका मन्त्रालयका उपसचिव तथा प्रवक्ता लेफ्टिनेन्ट जनरल माली सोचेटाले बुधबार बताउनु भएको छ ।

महिला, बालबालिका, वृद्ध र अपाङ्गता भएका व्यक्तिहरूसहित विस्थापितको सङ्ख्या एक लाख एक हजार १२९ रहेको कम्बोडियाको रक्षा मन्त्रालयका प्रवक्ता सोचेटाले पत्रकार सम्मेलनमा बताउनु भएको हो ।

थाई सेनाले आइतबार दिउँसो देखि बुधबार बिहान सम्म कम्बोडियाको सैन्य चौकी र नागरिक क्षेत्रमा आक्रमण गर्न एफ–१६ लडाकू जेटसहित भारी र विनाशकारी हतियार प्रयोग गरेको उहाँले जनाउनु भएको छ ।

सोचेटाका अनुसार यस द्वन्द्वमा कम्तिमा सात कम्बोडियन नागरिकको मृत्यु भएको छ भने अन्य २० जना घाइते भएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *