काठमाडौं। सर्वोच्च अदालतले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई पुनः कार्यभार सम्हाल्न आदेश दिएको छ।
सर्वोच्च अदालतका न्यायाधीश डा। नहकुल सुवेदी र श्रीकान्त पौडेलको संयुक्त इजलासले शाक्यलाई प्राधिकरणमै उपस्थित भएर आफ्नो कामकाज जारी राख्न दिने निर्देशन दिएको छ। सर्वोच्च अदालत प्रवक्ता अर्जुन प्रसाद कोइरालाले यसबारे जानकारी दिएका छन्।
सर्वोच्चको आदेशपछि शाक्यले पुनः प्राधिकरणको जिम्मेवारी सम्हाल्ने तयारी गरिरहेका छन्। यो निर्णयले प्राधिकरणको नेतृत्व र नियमित कामकाजमा स्थिरता फर्काउने अपेक्षा गरिएको छ।




