देश

बर्दियाको युवती आत्महत्या प्रकरणमा गृह मन्त्रालयद्वारा छानबिन समिति गठन

काठमाडौं। बर्दियाको बढैयाताल–४ की एक युवतीले नागरिकता नपाएर आत्महत्या गरेको घटनाको छानबिन गर्न गृह मन्त्रालयले समिति गठन गरेको छ। समितिको संयोजकमा गृह मन्त्रालयका सहसचिव सुरेश पन्थी नियुक्त छन् भने उपसचिव कुलशेखर अर्याल सदस्य छन्। समिति घटनाको निष्पक्ष छानबिन गरी पाँच दिनभित्र प्रतिवेदन पेश गर्ने जिम्मेवारी पाउनेछ।

मन्त्रालयले सचिवस्तरीय निर्णयमार्फत उक्त समिति गठन गरेको हो। यसअघि गृहमन्त्री ओमप्रकाश अर्यालले घटनामा गम्भीर ध्यानाकर्षण भएको र आवश्यक छानबिन गर्न निर्देशन दिएका थिए। प्रधानमन्त्री सुशिला कार्कीले पनि घटनाको सत्यतथ्य पत्ता लगाउन गृहमन्त्रीलाई विशेष निर्देशन दिएका थिए।

समितिले छानबिनपछि सत्यतथ्य रिपोर्ट सरकारलाई पेश गर्नेछ र आवश्यक कारबाही तथा सुधारका उपायको सिफारिस गर्ने अपेक्षा गरिएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *