काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) मा सन्तोष परियारलाई नयाँ प्रवक्ताको जिम्मेवारी प्रदान गरिएको छ।
पार्टीको आज बसेको अध्यक्ष परिषद्को बैठकले परियारलाई प्रवक्ताको पदभार दिने निर्णय गरेको हो। साथै, ओजस्वी भट्टराईलाई सह(प्रवक्ताको जिम्मेवारी दिइएको छ। परियार र भट्टराई दुवै पार्टीको अध्यक्ष परिषद्का सदस्य समेत हुन्।
पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको अभिभावकत्वमा स्थापित प्रलोपामा हाल ५ जना अध्यक्ष छन्। नयाँ नियुक्तिले पार्टीको संगठनात्मक संरचना अझ सुदृढ हुने अपेक्षा गरिएको छ।




