मुख्य समाचार

सर्वोच्च अदालतमा बहसको क्रममा किन ढले वकिल ?

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा बहस गर्न सर्वोच्च अदालत पुगेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) निकट कानुन व्यवसायी शुलभ खरेल बहसको क्रममा इजलासमै ढलेका छन्।

प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतको नेतृत्वमा संवैधानिक इजलासमा बहस भइरहेको बेला न्यायाधीशले सोधेको प्रश्नको जवाफ दिन नसकेपछि खरेल थरथर काँप्दै ढलेका थिए। प्रत्यक्षदर्शी वकिलले भनेअनुसार, संसद पुनर्स्थापनाको पक्षमा जिकिर गरिरहेका खरेललाई न्यायाधीशले भदौ २४ मा अदालतमा भएको आगजनी घटनामा उनको भूमिका बारे प्रश्न सोध्दा उनी अस्वस्थ भएका थिए।

स्रोतका अनुसार, खरेलले अदालत जल्यो, अब न्यायाधीशको घर जलाउन जाऊँ भन्ने जस्ता सामाजिक सञ्जाल पोस्टबारे न्यायाधीशको प्रश्नको जवाफ दिन खोज्दा थरथर काँप्दै माफी मागेर ढलेका थिए। त्यसपछि इजलासमा उपस्थित कर्मचारीहरूले तत्काल उनलाई अस्पताल लैजान निर्देशन पाएका थिए।

अमेरिकामा कानून अध्ययन गरेका खरेल रास्वपामा आवद्ध छन्। उनी मंसिरमा रुपन्देही(३ मा हुने उपचुनावमा उम्मेदवार बन्ने तयारीमा थिए, तर अन्ततः पार्टीले टिकट लेखजंग थापालाई दिने निर्णय गरेको थियो।

भदौ २४ मा भएको महाविध्वंशको समयमा खरेल र अन्य रास्वपा नेताहरूले सामाजिक सञ्जाल मार्फत भीडलाई भड्काएको आरोपमा रहेको बताइएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *