देश

एक क्विन्टल गाँजासहित दुई जना पक्राउ

वीरगञ्ज । पर्सा प्रहरीले एक क्विन्टल चार किलोग्राम गाँजासहित दुई जनालाई पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीले विशेष सूचनाका आधारमा जाँच गर्दा पर्साको मनवाबाट रङ्गपुरतर्फ जाँदै गरेको बिएबी ९३९८ नम्बरको कारमा लुकाइराखेको १०४ किलोग्राम गाँजा बरामद गरेको हो । पर्सा प्रहरीका प्रवक्ता राजु कार्कीले गाँजासहित मकवानपुर जिल्ला भीमफेदी गाउँपालिका–८ का भीम स्याङ्तान (चालक) र मकवानपुरगढी गाउँपालिका–१ का ३८ वर्षे कुमार स्याङ्तानलाई पक्राउ गरेको जानकारी दिए । दुवैजनामाथि लागूऔषधसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको उनले बताए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *