देश

एम्बुलेन्स दुर्घटनामा दुई गम्भीर घाइते

टक्सार (भोजपुर)।यहाँको हतुवागढी गाउँपालिका–६ होम्ताङमा आज एम्बुलेन्स दुर्घटना भएको छ ।

दुर्घटनामा चालक सञ्जीव राई र स्वास्थ्य शाखा प्रमुख जयकुमार राई गम्भीर घाइते भएका छन् । प्रदेश १– ०२–००१ झ ०७३७ नम्बरको हतुवागढी गाउँपालिकाको एम्बुलेन्स दुर्घटना भएको हो । बिरामीलाई होम्ताङ पु¥याएर घोडेटार फर्किनेक्रममा बिहान करिब पौने दश बजेको समयमा दुर्घटना भएको इलाका प्रहरी कार्यालय घोडेटारले जनाएको छ ।

घाइतेलाई हेलिकप्टरमार्फत थप उपचारमा पठाउने तयारी भइरहेको वडाध्यक्ष सुरेशकुमार राईले जानकारी दिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *