राजनीति

म रास्वपामा समाहित हुन्न : मिलन पाण्डे

काठमाडौं । विवेकशील नेपाली अभियानमार्फत २०७० सालदेखि सक्रिय राजनीतिमा आएका मिलन पाण्डेले रास्वपासँग भइरहेको एकीकरण प्रक्रियामा सहभागी नहुने घोषणा गरेका छन् ।

उनले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै केही समयका लागि ‘कुलिङ पिरियड’ लिने र आगामी दिनमा नयाँ तरिकाले राजनीतिक यात्रा अघि बढाउने बताए ।

पाण्डेले एकीकृत पार्टी निर्माणमा लागिरहेका नेताहरूप्रति शुभकामना व्यक्त गर्दै लेखेका छन्, ‘विवेकशील–साझा र रास्वपाको एकीकरणमा जुट्नुभएको सबै साथीहरूलाई शुभकामना छ ।’ तर आफू त्यस प्रक्रियाबाट अलग रहने स्पष्ट संकेत गरेका छन् ।

सामाजिक सञ्जालमै उनले लेखेका छन्, ‘आजदेखि म पनि स्वतन्त्र भएँ । विवेकशील पनि स्वतन्त्र भयो ।’

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *