राजनीति

पार्टीभित्रको विवाद समाधानका लागि आज पनि छलफलमा जुट्दै सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीभित्र उत्पन्न विवाद समाधान गर्न आज पनि शीर्ष नेतृत्वसँग छलफल जारी राख्ने भएका छन्। एक नेताका अनुसार दिउँसो २ बजे देउवाको महाराजगन्जस्थित निवासमा बैठक बस्ने तयारी गरिएको छ।

आजको छलफलमा कार्यवाहक सभापति पूर्णबहादुर खड्का, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा सहभागी हुनेछन्। देउवाले बिहीबारदेखि नै खड्का र दुवै महामन्त्रीसँग निरन्तर परामर्श गरिरहेका छन्, तर अझैसम्म कुनै ठोस सहमति जुट्न सकेको छैन।

बिहीबारको छलफलमा चुनावअघि महाधिवेशन गराउन विरोधमा उभिएका आफ्ना निकट नेताहरू कृष्णप्रसाद सिटौला र विमलेन्द्र निधिलाई पनि देउवाले बोलाएर परामर्श गरेका थिए।

महाधिवेशनको मिति टुंगिन नसक्दा कांग्रेसको केन्द्रीय समिति बैठक पटक–पटक सारिँदै आएका छन्। अब अर्को बैठक भोलि दिउँसो २ बजेका लागि बोलाइएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *