राजनीति

नेपाली कम्युनिस्ट पार्टीले सातै प्रदेशमा एकता सन्देश सभा आयोजना गर्ने

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले एकताको सन्देश दिन सातै प्रदेशमा सन्देश सभा आयोजना गर्ने भएको छ ।

आइतबार पेरिसडाँडामा बसेको पार्टीका पूर्वपदाधिकारीहरूको बैठकले सातै प्रदेशमा सन्देश सभा गर्ने आयोजना गर्ने निर्णय गरेको हो ।

बैठकमा सन्देशसभा आयोजना गर्ने विषयमा छलफल भएको तर मिति भने तय नभएको नेता राजेन्द्रप्रसाद पाण्डेले जानकारी दिए ।

उनले भोलिसम्म मिति तय गरिने बताए । त्यसैगरी बैठकले पार्टी एकताबारे विशेष अन्तर पार्टी निर्देशन (अपानि)जारी गर्ने निर्णय गरेको छ । विशेष अपानि जारी गरेर पार्टीलाई एकढिक्का बनाउने कुराकानी भएको नेता झलनाथ खनालले जानकारी दिए ।

खनालले पार्टी एकताका लागि नेता घनश्याम भुसाललगायत अन्य दल र समूहसँग पनि छलफल भइरहेको बताए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *