देश

मधेश प्रदेश प्रमुखद्वारा बोलाइएको सर्वदलीय बैठक सात दलीय गठबन्धनद्वारा बहिष्कार

जनकपुरधाम । मधेश प्रदेश प्रमुखले आह्वान गरेको सर्वदलीय बैठक सात दलीय गठबन्धनले बहिष्कार गरेको छ।

आज दिउँसो ३ बजे प्रदेश प्रमुख डा. सुरेन्द्र लाभले सर्वदलीय बैठक बोलाएको भए पनि बैठकमा वर्तमान मुख्यमन्त्री सरोज कुमार यादव नेकपा एमाले संसदीय दलका नेताका रूपमा सहभागी हुने भएपछि अन्य दलहरू बैठकमै नजाने निर्णयमा पुगेका हुन्।

बैठकमा मुख्यमन्त्री यादव भने उपस्थित भएका छन्।

जसपा नेपालका प्रमुख सचेतक राम अशिष यादवका अनुसार असंवैधानिक रूपमा नियुक्त भई होटलमा सपथ खाएका वर्तमान मुख्यमन्त्री सो बैठकमा सहभागी हुने भएकाले सात दलीय गठबन्धनले बैठक बहिष्कार गरेको हो।

उनले भने, “बैठकमा वर्तमान मुख्यमन्त्री पनि सहभागी हुन्छन्। उनी असंवैधानिक रूपमा नियुक्त भएकाले हामीले सर्वोच्चमा रिट दायर गरेका छौँ, जसको सुनुवाइ हुन बाँकी छ। त्यसकारण विवादित मुख्यमन्त्री रहेको बैठकमा सात दलीय गठबन्धनले उपस्थित नहुने निर्णय गरेको हो।”

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *