देश

पहिराले कागबेनी–कोरला सडक अवरुद्ध

मुस्ताङ। कागबेनी–कोरला सडक अन्तर्गत विभिन्न १० स्थानमा पहिरोले सडक अवरुद्ध भएको छ। बिहीबार रातिदेखि परेको निरन्तर वर्षाका कारण लेदोसहितको बाढीले सडक संरचना ध्वस्त भएको हो।

कोरला सडकको कागबेनीदेखि छुसाङ खण्डसम्मका खोल्लाखोल्सीमा बाढीले सडक क्षतविक्षत भएको प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसालले जानकारी दिए। कागबेनी–ताङ्वे सडकखण्डमा चारभन्दा बढी स्थान अवरुद्ध भएको र ताङ्वे खोलामा बाढीले सडक पूरै बगाएको वडाध्यक्ष प्रमेश गुरुङले जानकारी दिए।

मर्मतका लागि तीनवटा उपकरण परिचालन गरिएको छ। जिल्ला प्रशासन कार्यालयले सडक तत्काल सञ्चालनमा नहुने र यात्रा नगर्न स्थानीयलाई आग्रह गरेको छ। जोमसोम–कागबेनी सडक केही दिनअघि मात्रै मर्मतपछि सञ्चालनमा आएको थियो।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *