काठमाडाैं । आजसन्न ११ औँ महाधिवेशनको तयारीलाई तीव्रता दिन नेकपा एमालेको सचिवालय बैठक आज बिहान ११ बजे बस्दैछ। पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा बस्ने बैठकले महाधिवेशनका विभिन्न पक्षमा छलफल गर्ने केन्द्रीय कार्यालय सचिव डा. भीष्म अधिकारीले जानकारी दिए ।
मंसिर २७ देखि २९ गतेसम्म पोखरामा हुने महाधिवेशनलाई भव्य र व्यवस्थित बनाउन एमाले जुटेको छ । आजको सचिवालय बैठकमा महाधिवेशनको प्रारम्भिक तयारीबारे रिपोर्टिङ हुनेछ ।
महाधिवेशनको तयारीसँगै आजको बैठकमा समसामयिक राजनीतिक घटनाक्रम र सरकारले फागुन २१ गते गर्ने भनिएको निर्वाचनका विषयमा पनि छलफल हुनेछ । एमालेले राष्ट्रिय राजनीतिका महत्वपूर्ण मुद्दाहरूमा आफ्नो धारणा तय गर्नका लागि पनि यस बैठकलाई उपयोग गर्ने देखिन्छ ।




