देश

रास्वपाको राजनीतिक संवादमा बाबुराम भट्टराई र रेशम चौधरी पनि सहभागी

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सुशासन, स्थायित्व र राजनीतिक सहकार्यको सन्दर्भमा ‘वृहत् राजनीतिक संवाद’ कार्यक्रम आयोजना गरेको छ। कार्यक्रम काठमाडौंको बालुवाटारस्थित एक होटलमा केहीबेरदेखि जारी छ।

संवाद कार्यक्रममा पूर्वप्रधानमन्त्री डा। बाबुराम भट्टराई, नाउपा नेपालका संरक्षक रेशम चौधरी, रास्वपा उपसभापति डा। स्वर्णिम वाग्ले लगायतका नेताहरू सहभागी छन्।

उपसभापति वाग्लेका अनुसार, जेनजी आन्दोलनको मर्म र भावनाअनुसार नयाँ राजनीतिक विकल्पको खोजी गर्न रास्वपाले यो संवाद कार्यक्रम आयोजना गरेको हो। कार्यक्रममा विविध राजनीतिक विकल्पबारे खुला छलफल हुने र राजनीतिक सहकार्यको बाटोमा छलफललाई प्राथमिकता दिइएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *