देश

सरकारले गरेको बजेट कटौतीमा संसदीय समितिको चासो

काठमाडौँ। संघीय सरकारले टुक्रे योजनाहरूमा गरेको बजेट कटौतीप्रति राष्ट्रिय सभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिले चासो व्यक्त गरेको छ। समितिका सभापति सोनाम गेल्जेन शेर्पाले नियमित विनियोजित बजेटमा व्यापक कटौती भएको भन्दै सरकारसँग स्पष्टिकरण माग्ने जानकारी दिए।

सभापति शेर्पाका अनुसार, समितिले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन र माघ ११ गते हुने राष्ट्रिय सभाको निर्वाचनमा शान्ति–सुरक्षा व्यवस्थाका विषयमा पनि सरकारसँग बुझ्ने प्रयास गर्नेछ। उनले विगतमा बनेका कार्ययोजना, परिवर्तित समय र आगामी दिनको कार्यसम्पादनबारे छलफल भइरहेको बताए।

शेर्पाले बैठकमा भनेका छन्, “हाम्रो फोकस अब चुनावमा शान्ति–सुरक्षा सुनिश्चित गर्ने, राष्ट्रिय सभाको निर्वाचन तयारीको अवस्था बुझ्ने र निरन्तर चलिरहेका बजेट कटौतीको आधारमा सरकारसँग स्पष्टिकरण माग्नेमा छ। विगतमा राष्ट्रिय गौरवका आयोजनाहरू, निर्वाचन आयोग र संविधानसँग सम्बन्धित विषयमा हामीले छलफल गरिरहेका थियौँ, अब परिवर्तित परिस्थितिमा कसरी अघि बढ्ने भन्ने हाम्रो मुख्य चुनौती हो।”

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *