देश

बालुवाटारभित्र वार्ता, बाहिर असन्तुष्टि जेनजी समूहको धर्ना

काठमाडौं । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारभित्र सरकार, राजनीतिक दल र जेनजी प्रतिनिधिबीच त्रिपक्षीय बैठक जारी रहँदा बाहिर भने जेनजीकै अर्को समूहले धर्ना दिइरहेको छ।

बुधबार अपराह्न सुरु भएको बैठकमा जेनजी तर्फबाट १३ जना प्रतिनिधि सहभागी भएका छन्। तर, अर्को समूहले आफूहरूलाई सहभागी हुन नदिइएको भन्दै असन्तुष्टि जनाउँदै बालुवाटारको गेटअगाडि धर्ना बसिरहेका छन्।

धर्नामा बसेका प्रदर्शनकारीहरूले “हाम्रो पनि आवाज सुन्नुपर्छ” भन्दै नाराबाजी गरेका छन्। उनीहरूको भनाइमा, जेनजी आन्दोलन सबैको साझा प्लेटफर्म भए पनि बैठकमा केही सीमित व्यक्ति मात्रै बोलाइँदा आन्दोलनको प्रतिनिधित्व अधुरो बनेको छ।

यसबीच, बालुवाटारभित्रको बैठकमा आगामी निर्वाचनका तयारी, आन्दोलन शान्त पार्ने उपाय र सहमतिको सम्भावनाबारे छलफल भइरहेको स्रोतले जनाएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *