देश

एमाले केन्द्रीय सदस्य ऐन महरविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौँ । नेकपा (एमाले) का केन्द्रीय सदस्य ऐन महरविरुद्ध प्रहरीले पक्राउ पुर्जी जारी गरेको छ । साइबर अपराधसम्बन्धी उजुरीका आधारमा प्रहरीको साइबर ब्युरोले महरविरुद्ध पक्राउको अनुमति लिएको हो ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) अन्तर्गत रहेको साइबर ब्युरोले महरमाथि एक महिलाले दिएको निवेदनका आधारमा अनुसन्धान अघि बढाएको स्रोतले जनाएको छ ।

‘ऐन महरविरुद्ध एक महिलाले दिएको निवेदनका आधारमा ब्युरोले पक्राउ अनुमति लिएको हो । हामी कानुनी प्रक्रियामा छौं,’ प्रहरी स्रोतले भन्यो ।

विद्यार्थी राजनीतिबाट सार्वजनिक जीवन सुरु गरेका महर अनेरास्ववियु हुँदै एमालेको केन्द्रीय सदस्य बनेका हुन् ।

बझाङ स्थायी ठेगाना भएका उनी पछिल्लो संघीय निर्वाचनमा सांसदका उम्मेदवार थिए । तर, नेकपा (एकीकृत समाजवादी) का भानुभक्त जोशीसँग पराजित भएका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *