देश

सरकारले बनाएको आयोगबाट सहकारीका सबै बेथिति अन्त्य हुनेछ : विश्वप्रकाश शर्मा

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सहकारी समाजवादको आधारशिला भएको बताएका छन् ।शनिवार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले ३४ हजार बढी सहकारी रहेको भन्दै यसलाई नियमन गर्न जरुरी रहेको बताए । उनले न्याय फलानोलाई चाहियो भन्दा पनि पीडितले न्याय पाउनुपर्ने उनको भनाइ छ । सहकारीबाट ठगिएका व्यक्तिले सहकारीमा जम्मा गरेको पैसा पाउने स्थितिको निर्माण गर्न जरुरी रहेको बताए । सरकारले बनाएको आयोगबाट सहकारीका सबै बेथिति अन्त्य हुने विश्वास व्यक्त गरे ।

महामन्त्री शर्माले भने ‘सहकारी समाजवादको एउटा आधारशिला हो । सिङ्गो समाजको हो । आज देशमा सहकारीले न्याय फलानालाई चाहियो भन्नेकुराहरु ल्याएको छ । ३४ हजार बढी सहकारीहरू छन्, त्यसलाई नियमन गर्ने निकाय चाहिन्छ । कम खाएर बुटवलकी सीता दर्जीले जम्मा गरेको पैसा बुटवलको सुप्रिम सहकारीले डुबायो । न्याय उनीहरूलाई नै चाहिएको छ । सरकारले सीता दर्जीलाई सम्झिरहेको छ की छैन मैले सोध्नुपर्छ । यो देशमा एउटा सीता पुजिन्छन्, अर्की सीता लुटिन्छन् । सरकारले बनाएको आयोगबाट सहकारीका सबै बेथिति अन्त्य हुनेछ ।’

महामन्त्री शर्माले निजी क्षेत्रलाई निरुत्साहित गरेर शिक्षा विधेयक ल्याउन नमिल्ने बताए । संवादको माध्यमबाट समाधान गरेर अघि बढ्न जरुरी रहेको बताए । शिक्षा विधेयकलाई परिमार्जन गरेर मात्रै संसदबाट पारित गर्ने प्रतिबद्धता जनाए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *