राजनीति

प्रचण्डलाई मिनेन्द्र रिजालले भने : तपाईँले छोड्दैमा गर्ल्यामगुर्लुम्म जाने के हो ?

काठमाडौँ । नेपाली काँग्रेसका नेता डा. मिनेन्द्र रिजालले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालप्रति लक्षित गर्दै राजनीति छोड्दा गल्र्यामगुर्लम्म हुने के छ ? भन्दै प्रश्न गरेका छन् ।

शनिवार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो प्रश्न गरे । उनले नेपालमा कुनै राजनीतिक दलका नेताले मैले छोडिदिएँ भने सबै गल्र्यामगुर्लम्म झर्छ जस्तो लाग्छ भन्ने अभिव्यक्ति दिएको भन्दै पृथ्वी नै बोकेको जस्तो के छ ? भन्ने उनको प्रश्न छ ।

केही दिनअघि एक सार्वजनिक कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले आफूले छोड्दा सबै गल्र्यामगुर्लुम्म ढल्ने हो की जस्तो लाग्ने गरेको टिप्पणी गरेका थिए ।

राजनीतिक दलहरूमा पुस्तान्तरण नहुने भन्दै पुस्तान्तरण राजतन्त्रमा मात्रै हुने उनको भनाइ छ ।

उनले भने ‘नाम लिन जरुरी रहेन । तर नेपालमा कुनै राजनीतिक दलका नेता भन्नहुन्छ मैले छोडिदिएँ भने सबै गल्र्यामगुर्लम्म झर्छ जस्तो लाग्छ भन्नुहुन्छ । छोड्नै नमिल्ने भएको छ । त्यस्तो के जाने हो थाहा छैन । छोड्नै नमिल्ने गरी एक छिन पनि । सारा पृथ्वी बोकिरहेको जस्तो गोलमाल हुने ठाउँमा बस्दा यस्तो अवस्थामा हाम्रो नेताहरू हुनुहुन्छ । त्यस्तो राजनीति बोकेर बसेका छौँ नि त । राजनीतिक दलहरूमा पुस्तान्तरण भन्ने हुँदैन । त्यो राजतन्त्रमा मात्रै हुन्छ । राजनीतिमा पुस्तान्तरण हुँदैन । बाँकी चिज सबै निरपेक्ष हो, जसले सक्छ त्यसले लिएर जाने हो । काँग्रेसमा धुलो, तुवाँलो लागेको र पुछ्ने मात्रै काम भयो भने काँग्रेस काँग्रेस जस्तो देखिन्छ ।’

नेता रिजालले नेपाली काँग्रेसमा धुलो लागेको भन्दै धुलो पुछ्दा काँग्रेस झैँ देखिने टिप्पणी गरे ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *