राजनीति

पार्टी स्थापना दिवस मनाउन निर्देशन

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले आफ्नो चौथो स्थापना दिवस भदौ ९ गते देशभर कार्यक्रम गरी मनाउन सबै जिल्ला कमिटीलाई निर्देशन दिएको छ।

केन्द्रीय प्रचार विभागका उपप्रमुख दामोदर अर्यालका अनुसार पार्टीका जनवर्गीय सङ्गठन, विभाग, प्रदेश र स्थानीय तहका संरचनालाई पनि सरसफाइ, वृक्षरोपण, रक्तदान, अन्तक्र्रिया, स्मारिका विमोचन र शुभकामना आदानप्रदानजस्ता कार्यक्रम गर्न आह्वान गरिएको छ।

केन्द्रीय कार्यालयले काठमाडौँमा आयोजना गर्ने कार्यक्रममा विभिन्न दलका नेताहरूलाई निमन्त्रणा गर्ने तयारी छ। सो अवसरमा अध्यक्ष माधवकुमार नेपालले नेपाली कम्युनिष्ट आन्दोलनको योगदानबारे प्रस्तुति दिने र शीर्ष नेताहरूले वामपन्थी ध्रुवीकरण, वैचारिक विचलन र वर्तमान राजनीतिक अवस्थामाथि समीक्षा गर्ने कार्यक्रम रहेको अर्यालले जानकारी दिए।

नेपाल कम्युनिष्ट पार्टी २००६ सालमा भारतको कोलकातामा स्थापना भएको हो। २०७८ साल भदौ ९ गते तत्कालीन नेकपा (एमाले)सँग वैचारिक असहमति जनाउँदै नेकपा (एकीकृत समाजवादी) गठन गरिएको थियो।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *