देश

मानव बेचविखन तथा ओसारपसार नियन्त्रण विधेयक दफावार छलफलका लागि समितिमा

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकले ‘मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) पहिलो संशोधन विधेयक, २०८१ लाई दफावार छलफलका लागि समितिमा पठाइयोस् भन्ने प्रस्तावलाई सर्व सहमतिले स्वीकृत गरेको छ ।

महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले ‘मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) पहिलो संशोधन विधेयक, २०८१ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव बैठकमा प्रस्तुत गरेका थिए ।

सरकारले सो विधेयक, २०८१ चैत ११ गते प्रतिनिधिसभामा दर्ता गराएको थियो । सो विधेयकमाथि गत साउन आठ गते प्रतिनिधिसभामा सामान्य छलफल भएको थियो । प्रतिनिधिसभाको अर्को बैठक यही भदौ ५ गते बिहीबार अपराह्न १ः०० बजे बस्नेछ ।

 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *