देश

सांसद चन्द्र भण्डारीको सुझाव : कर्मचारी संख्या घटाएर सुविधा बढाउनुपर्छ

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका सांसद डा. चन्द्र भण्डारीले प्रतिनिधिसभामा आइतबार बोल्दै हालको सुविधाले कर्मचारीलाई सम्मानजनक जीवन यापन गर्न गाह्रो हुने बताएका छन्। संघीय निजामती विधेयकमाथिको छलफलमा भाग लिँदै उनले कर्मचारीले आफ्नो बालबच्चा पढाउन समेत कठिन हुने गरी सुविधा कम रहेको उल्लेख गरे।

‘डिल्लीराज खनाल आयोगको प्रतिवेदनअनुसार कर्मचारी संख्या घटाएर सुविधा बढाइनुपर्छ,’ उनले भने, ‘संख्या बढाउने बाटोमा लाग्दा सेवा प्रवाहमा असर पर्न सक्छ।’

भण्डारीले संघीय निजामती विधेयकमार्फत दोहोरो सुविधा पाउने व्यवस्थाको अन्त्य हुने विश्वास व्यक्त गरे। साथै, कुलिङ पिरियडको अवधारणा समावेश भएको भन्दै उनले यसले कर्मचारीमा रहेको ‘अहमता’लाई तोड्ने प्रयास भएको बताए।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *