देश

नेताहरूको रिहापछि उपत्यका बन्दको कार्यक्रम फिर्ता

काठमाडौं । संयुक्त जनआन्दोलन समितिले जेठ १९ गतेका लागि घोषणा गरिएको उपत्यका बन्दको कार्यक्रम स्थगित गरेको छ।

समितिका संयोजक नवराज सुवेदीले सोमबार साँझ विज्ञप्ति जारी गर्दै बन्द फिर्ता गरिएको जानकारी दिएका हुन्। प्रदर्शनका क्रममा पक्राउ परेका नेताहरू रिहा भएपछि यस्तो निर्णय लिइएको जनाइएको छ।

हाम्रो आन्दोलनमा संलग्न सबै साथीहरू रिहा भइसकेको अवस्थालाई मध्यनजर गर्दै उपत्यका बन्दको कार्यक्रम फिर्ता लिइएको छ, सुवेदीद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापा, अन्य नेताहरू र सांसद दीपक सिंहलाई प्रहरीले नियन्त्रणमा लिएपछि त्यसको विरोधस्वरूप उपत्यका बन्दको घोषणा गरिएको थियो।

सोमबार काठमाडौंमा गरिएको प्रदर्शनका क्रममा नेताहरूलाई प्रहरीले नियन्त्रणमा लिएको थियो। त्यसलगत्तै, थापाको रिहाका लागि दबाब स्वरूप आन्दोलन चर्किएको थियो। नेताहरूको रिहापछि भने समितिले आन्दोलनका कार्यक्रमहरू पुनरावलोकन गर्ने संकेत दिएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *