देश

नेपालका २४ स्थानको जमिन भासिने खतरा, तराई, मधेशसहित पहाडी जिल्लामा पनि जोखिम

काठमाडौं । नेपालका २४ स्थानको जमिन भासिने खतरामा रहेको देखिएको छ । खानी तथा भूगर्भ विभाग र भौगर्भिक अध्येताले २०५५ साल यता गरेको अध्ययन अनुसार तराई, मधेशसहित पहाडी जिल्लामा जमिन भासिने खतरा देखिएको हो ।

वैशाख १० गते मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१६, गैरीगाउँमा सडकमा गुडिरहेको गाडी जमिन भासिएर हराएको छ । झापाका भद्रपुर र दमक, मोरङको विराटनगर, सुनसरीको धरान, सिन्धुली, धनुषाको जनकपुरधाम, महोत्तरीका बर्दीबास र जलेश्वर, पर्साको वीरगन्ज, मकवानपुरको हेटौँडा, काठमाडौं र नुवाकोटमा जमिन भासिने जोखिमयुक्त भौगर्भिक संरचना छ ।

त्यसै गरी चितवनको भरतपुर, कास्कीको पोखरा, तनहुँको दमौली, रुपन्देहीका बुटवल र भैरहवा, दाङको तुलसीपुर, बाँकेको नेपालगन्ज, बर्दियाको गुलरिया, सुर्खेत, कैलालीका टीकापुर र धनगढी र कञ्चनपुरको महेन्द्रनगरमा पनि जमिन भासिने खतरा छ ।

जमिन भासिनु आफैँमा खतरापूर्ण छ । जमिन भासिने जोखिममा सबैभन्दा बढी पोखरा परेको र अन्य ठाउँमा पनि उत्तिकै सचेत हुनुपर्ने विज्ञको भनाइ छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *