देश

प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित

काठमाडौँ। प्रतिनिधिसभाको आजको बैठक १५ मिनेटका लागि स्थगित भएको छ। विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफलका क्रममा सदनमा अर्थमन्त्री उपस्थित नभएको भन्दै प्रतिपक्षी दलले नियमापत्ति गरेपछि बैठक स्थगित गरिएको हो।

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेले विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफलका क्रममा अर्थमन्त्रीको उपस्थिति अनिवार्य हुनुपर्ने भन्दै नियमापत्ति गरेका थिए।

उनले प्रतिनिधिसभा नियमावली २०७९ को नियम ६ (५) अनुसार कुनै पनि मन्त्रालयसँग सम्बन्धित विषयमा छलफल चलिरहँदा सम्बन्धित मन्त्रालयको मन्त्री सदनमा उपस्थित हुनुपर्ने व्यवस्था रहेको उल्लेख गर्दै अर्थमन्त्री संसदमा उपस्थित नरहेकोमा आपत्ति जनाएका थिए।

नियमापत्तिपछि सभामुख देवराज घिमिरेले बैठक १५ मिनेटका लागि स्थगित भएको जानकारी दिए।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *