देश

स्रोत नखुलेको नगद १३ लाख ५० हजार रूपैयाँ सहित २ जना पक्राउ

काठमाडाैं। रूपन्देही, सिद्धार्थनगर नगरपालिका-५ बैङरोडबाट स्रोत नखुलेको नगद १३ लाख ५० हजार रूपैयाँ सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा सम्मरीमाई गाउँपालिका-७ बस्ने ३८ वर्षीय दिनेश वनिया र ३५ वर्षीया पिङ्की वनिया रहेका छन् । जिल्ला प्रहरी कार्यालय रूपन्देहीबाट खटिएको प्रहरीले लु.६८ प ४७९ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा उक्त नगद फेला पारी चालक दिनेश र मोटरसाइकलमा सवार पिङ्कीलाई पक्राउ गरेको हो ।

 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *