देश

ढुवानी खर्च घटाउन रेल, जल यातायात र ऊर्जा पूर्वाधारमा सरकारको जोड

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षदेखि रेल तथा जल यातायातको विकासलाई प्राथमिकतामा राख्दै ढुवानी लागत घटाउने घोषणा गरेको छ।

शुक्रबार संसद्को संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलद्वारा प्रस्तुत आर्थिक वर्ष २०८२र८३ को नीति तथा कार्यक्रममा यो कुरा उल्लेख गरिएको हो।

नीति अनुसार अत्यावश्यक वस्तु तथा सेवा आपूर्ति सहज बनाउन भण्डारण क्षमता विस्तार, मूल्य निर्धारण व्यवस्थापन तथा गुणस्तर नियन्त्रणमा विशेष ध्यान दिइनेछ।

त्यस्तै, सरकार अन्तरदेशीय पेट्रोलियम पाइपलाइन विस्तार र इन्धन भण्डारण क्षमता वृद्धिका योजनासहित ऊर्जा क्षेत्रमा दीर्घकालीन आत्मनिर्भरताको रणनीति लिएको छ।

नवीनतम प्रविधि तर्फ उन्मुख हुँदै सरकारले ग्रिन हाइड्रोजनको व्यावसायिक उत्पादनको तयारी गर्ने र पेट्रोलमा बायो इथानोल मिसाउने नीतिलाई पनि कार्यान्वयनमा लैजाने घोषणा गरेको छ।

यातायात तथा ऊर्जा पूर्वाधारमा यस्तो दीर्घदृष्टिकोणी लगानीले देशको व्यापार सन्तुलन सुधार र पर्यावरणीय टिकाउ विकासमा योगदान पुग्ने अपेक्षा गरिएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *