राजनीति

बल्खुमा राप्रपाको फोहोर आफैँ सफा, लिङ्देनले बालेनलाई दिए ‘पत्र नपठाउन’ सुझाव

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले बल्खुको कार्यक्रमपछि काठमाडौँ महानगरका मेयर बालेन शाहलाई धेरै हिरो भएर पत्र नकाटन आग्रह गरेका छन् ।

लिङदेनले कार्यक्रम स्थलको सरसफाई आफुहरुले आफै गर्ने भन्दै हिरो भएर पत्र नकाटन भनेका हुन् ।

उनले भने- ‘बालेनजीलाई धेरै हिरो भएर पत्र नकाट्न म आग्रह गर्छु । हाम्रा साथीहरूलाई आफैं सफा गरेर जान आग्रह गर्छु । साथै मिडियाका साथीहरुले पनि अनुगमन गरिदिनुहोला, फोहोर भयो भनेर पत्र नआओस् ।’

राप्रपाको बल्खुको कार्यक्रम सकिएपछि स्वयं सेवकहरुले फोहोर संकलन गर्न थालेका छन् । महानगरले जरिवाना गर्नसक्ने डरले अहिले राप्रपाका नेता, कार्यकर्ताहरू आफैं जुटेर फोहोर संकलन गरिरहेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *