
काठमाडौं ।सभामुख देवराज घिमिरे र राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालबीच छलफल सुरु भएको छ ।संसद्मा जारी गतिरोध अन्त्य गर्नेगरी उनीहरू छलफलमा जुटेका हुन् ।
नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदबाट हटाएको कारण माग गर्दै विपक्षीले संसद अवरोध गर्दै आएको छ ।उनीहरूले संसद्मा प्रधानमन्त्रीले नै यसबारे जवाफ दिनुपर्ने माग गर्दै आएका छन् ।
बिहान ११ बजेका लागि बोलाइएको बैठक सूचना टाँस गरेर समय सार्दै आइरहेको छ ।आजमात्रै संसद् सचिवालयले तीनवटा सूचना जारी गरिसकेको छ ।गत १३ चैतबाट अवरुद्ध बैठक नचल्दा संसदलाई अध्यादेश प्रतिस्थापन विधेयक पारित गराउन सकस हुने देखिएको छ ।