काठमाडौं । काठमाडौंमा राजसंस्थाको पुनःस्थापनाको माग गर्दै गरिएको प्रदर्शन हिंसात्मक बन्दा विभिन्न क्षेत्रहरूमा क्षति पुगेको छ। काठमाडौंको तीनकुनेमा प्रदशर्नकारीले निजी घरमा क्षति पुर्याए । त्यति मात्र होइन्, घरको सिसामा ढुंगा र इटा प्रहारगरी राजावादीले क्षतविक्षत पारेका छन् ।
व्यक्ति बसिरहेको घरमा राजावादी प्रदशर्नकारीले टुंगामुढा गरेपछि नागरिकहरुलाई ज्यान जोगाउन मुस्किल परेको थियो । केही प्रदर्शनकारी पनि घाइते भएका छन् घाइते भएकाहरुको काठमाडौं मेडिकल कलेज (केएमसी)मा उपचार भइरहेको छ । केएमसी अस्पतालहरुले घाइतेहरुको निःशुल्क उपचार गरिदिने भएको छ । प्रदर्शन तितरवितर पार्न प्रहरीले अश्रुग्यास प्रहार गरेपछि प्रदर्शनकारी आक्रोशित भएका थिए । दुर्गा प्रसाईंको नेतृत्वमा निषेधित क्षेत्र उल्लंघन गर्दै गरिएको प्रदर्शन अराजक बन्दा तीनकुने क्षेत्रमा कर्फ्यु आदेश जारी गरिएको छ।
प्रदर्शनकारीहरूले तीनकुनेस्थित अन्नपूर्ण पोस्टको कार्यालयमा आगजनी गरेका छन् भने कोटेश्वरको भाटभटेनी सुपरमार्केटमा तोडफोड गरी मानहरुसमेत लुटपाट गरेका छन् । यस्तै आलोकनगरस्थित नेकपा एकीकृत समाजवादी को मुख्यालयमा तोडफोडपछि आगो लगाइएको छ । र माओवादी केन्द्रको पार्टी कार्यालयमा प्रवेश गर्ने प्रयास गरेपछि सुरक्षाको व्यवस्था कडा पारिएको थियो ।
सिनामंगलस्थित नेपाल नागरिक उड्डयन प्राधिकरणको प्रधान कार्यालयअगाडि टायर बालेर ढुंगामुढा गर्दा प्रहरीसँग दोहोरो भिडन्त भएपछि सो भिडलाई नियन्त्रणमा लिनका लागि प्रहरीले अश्रुग्यास प्रहार गरेको थियो । प्रदर्शन हिंसात्मक बन्दा मिडिया हाउस, राजनीतिक दलका कार्यालय, सरकारी निकायहरू, र व्यापारिक प्रतिष्ठानहरूमा क्षति पुगेको छ। राजावादीहरुले तीनकुनेमा निजी घरमा आगजनी गरेपछि पेरिस डाँडामा सरकारी गाडीमा आगो लगाए। तीन वटा घरमा तोडफोड गरे । राजावादीहरुले प्रहार गरेको ढुंगा लागेर सशस्त्र प्रहरी बलकी एउटी महिला प्रहरीको टाउको फुटेको छ । उनीहरुले सुरक्षाकर्मीको तीन वटा हतियार खोसेको स्रोतले जनाएको छ ।
राजावादीको अशान्तिपूर्ण हिंशात्मक आन्दोलनले करौडौँको क्षेति भएको छ । तर क्षतिको पूर्ण विवरण भने आउन बाँकी छ । काठमाडौं । काठमाडौंका प्रमुख जिल्ला अधिकारी (सीडीओ) ऋषिराम तिवारीले निजी सम्पत्ति तोडफोड र आगजनी गर्ने प्रदर्शनकारीलाई मात्र नभई आयोजकलाई समेत कारबाहीको दायरामा ल्याइने चेतावनी दिएका छन्। शान्तिपूर्ण प्रदर्शनका नाममा व्यक्तिगत सम्पत्ति तोडफोड र आगजनी गर्नेहरूमाथि प्रहरी कडा निगरानीमा रहेको तिवारीले बताए।
उनका अनुसार सो आकजनिबाट भएको क्षेतिपूर्ति राजावादी आन्दोलन आयोजक टिम र आन्दोलनकारीले वेहोर्नुपर्ने आवाज उठेको छ । सरकारलले हिंशात्मक आन्दोलन गरी निजी तथा सरकारी सम्पतीमाथिको क्षेतिपु¥याउने आयोजक टिम र आन्दोलनकारीलाई सो भएको क्षेतिपूर्ति असुल नगरे आगाामी दिनमा थप उग्र भएर निस्कने नागरिकहरुले आवाज उठाउन थालेका छन् ।
सरकारले उपत्यकाको तीनकुने क्षेत्रमा कर्फ्यु आदेश जारी गरेपछि नेपाली सेना सडकमा निस्किएको छ। आज (शुक्रबार) राजावादीहरूले तीनकुने क्षेत्रमा उदण्ड मच्चाएपछि सरकारले तीनकुने क्षेत्रमा १० बजेसम्मका लागि कर्फ्यु लगाएको छ । लगत्तै सेना सडकमा देखिएको हो । जिल्ला प्रहरी परिसरका प्रमुख एसएसपी विश्व अधिकारीले तनावग्रस्त तीनकुने क्षेत्रमा सेना पठाइएको जानकारी दिए ।
राजावादीको ताण्डव: विमानस्थल नजिक आगजनी, जडीबुटी कार्यालयमा पनि आक्रमण




