देश

कुलमानका कारण राष्ट्रियसभा बैठक एक घन्टाका लागि स्थगित

काठमाडौं। राष्ट्रियसभा  बैठक आज पनि अबरूद्द भएको छ ।विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई हटाउने सरकारको निर्णयको विरोध भए पछि बैठक स्थगित गरिएको छ  ।

बैठक सुरु भएलगत्तै नेकपा माओवादी केन्द्रलगायतका विपक्षी दलका सांसदहरूले उठेर बैठक अवरोध गरेका थिए ।अध्यक्ष नारायण दाहालले आजै बस्ने गरी एक घण्टाका लागि बैठक स्थगित गरेको सुचना जारी गरेका छन । हिजो पनि विपक्षीको अवरोध पनि बैठक स्थगित गरिएको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *