देश

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ११ जना पक्राउ

काठमाडौं । नेपालमा पछिल्लो समय लागूऔषध कारोबारीको संख्या दिनप्रतिदिन बढिरहेको छ । सरकारले नियन्त्रण लिने र सो कार्य गर्नेमाथि कारबाहीको प्रक्रिया अगाडी बढाइरहेपनि अवैध रुपमा रहेको लागूओषध विक्रि वितरण र ओसारपसारको कार्य रोकिन सकेको छैन् । धरान उपमहानगरपालिका२० सानो खैरेबाट अवैध लागूऔषध गाँजा १६ किलोग्राम सहित सोही उपमहानगरपालिका–२० चिण्डेडाँडा बस्ने २३ वर्षीय अर्जित लिम्बु र धनकुटा साँगुरीगढी गाउँपालिका–८ बस्ने २९ वर्षीय विवेक राईलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट विष्णुपादुकाबाट खटिएको प्रहरीले को २४ प ३८९२ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।

कैलाली टीकापुर नगरपालिका–२ विजयनगरबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४० मिलिग्राम सहित सोही नगरपालिका–१ बस्ने २५ वर्षीय श्याम चौधरी समेत २ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

कैलाली –गोदावरी नगरपालिका–१ भगतपुरबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ सय १० मिलिग्राम सहित सोही नगरपालिका–१ बस्ने २९ वर्षीय वीरेन्द्र चौधरीलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलाली र इलाका प्रहरी कार्यालय अत्तरियाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

कैलाली –धनगढी उपमहानगरपालिका–३ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ सय २० मिलिग्राम सहित गोदावरी नगरपालिका(३ बस्ने ३४ वर्षीय दीपक चदारालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको छ ।

कैलाली –धनगढी उपमहानगरपालिका–४ बसपार्कबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय ३० मिलिग्राम सहित दार्चुला व्यास गाउँपालिका(६ खातीगाउँ बस्ने २६ वर्षीय रवीन्द्र सिंह भण्डारीलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

कपिलवस्तु –मायादेवी गाउँपालिका(४ चाकरचौडाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ ग्राम सहित रूपन्देही सैनामैना नगरपालिका–८ बासगढी बस्ने ३८ वर्षीय बाबुलाल मल्लाह र कपिलवस्तु बाणगंगा नगरपालिका–१ गजेहडा बस्ने २२ वर्षीया निरू मल्ल ठकुरीलाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय चाकरचौडा समेतबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

मोरङ – धनपालथान गाउँपालिका(३ डकुवाडाँडा बस्ने चन्द्रदेव मण्डललाई अवैध लागूऔषध गाँजा २५ किलोग्राम सहित शनिबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त गाँजा फेला पारी उनलाई पक्राउ गरेको हो ।

मकवानपुर– हेटौंडा उपमहानगरपालिका–१५ रातोमाटेबाट अवैध लागूऔषध गाँजा करिब १ सय १ किलोग्राम सहित पर्सा वीरगंज महानगरपालिका–२६ अठराह सुगौली बस्ने २० वर्षीय राजन राउत कुर्मीलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी रातमाटेबाट खटिएको प्रहरीले चितवनबाट वीरगंजतर्फ जाँदै गरेको डिएल १३ सि १५६१ नम्बरको कारलाई जाँच गर्ने क्रममा उक्त परिमाणको गाँजा फेला पारी चालक राजनलाई पक्राउ गरेको हो । प्रहरीले सो सम्बन्धमा आवश्यक अनुसन्धान जारी राखेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *