काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले युवाहरुलाई आत्मसम्मान र खुशीकासाथ नेपालमै बस्नसक्ने वातावरण सिर्जना गर्नु आजको मुख्य राजनीतिक एजेण्डा भएको बताएका छन् ।
शुक्रवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै महामन्त्री थापाले नेपालको अहिलेको सबैभन्दा ठूलो राजनीतिक एजेण्डा नेपालमै खुशीका साथ बस्नसक्ने गरीकन कमाइ गर्ने वातावरणको सिर्जना गर्नु रहेको बताएका हुन् । उनले आफ्नो कमाइबाट खुशी हुने रोजगारी अहिलेको पहिलो राजनीतिक एजेण्डा रहेको उल्लेख गरे । उनले खुशीसहितको रोजगारीको विषय प्रधानमन्त्रीदेखि पार्टी सभापतिसम्म पु¥याउने बताए ।
उनले भने ‘नेपालको अहिलेको सबैभन्दा ठूलो पोल्टिकल एजेण्डा भनेको नेपालको नौजवानहरुले नेपालमै बस्नसक्ने गरीकन आफ्नो आत्मसम्मान रहने गरी, खुशी हुनेगरी कमाइ भएको रोजगारी आजको नेपालको सबैभन्दा ठूलो राजनीतिक एजेण्डा हो । म रोजगारीको यो छलफललाई म प्रधानमन्त्रीको कोठामा पु¥याउन चाहन्छु ।
मैले कोशिस गरिरहेको छु । मैले आज भनेको कुरा त्यसकै एउटा उदाहरण हो । म पार्टी सभापतिको कोठामा हुने बहसमा, छलफलमा यो कोठामा यो विषय पु¥याउन चाहन्छु । त्यहाँ राजनीतिको र यहाँ आएपछि रोजगारीको कुरा गर्ने होइन, त्यही कोठामा कुरा हुनुपर्छ । त्यो कोठमा कुरा हुनुपर्छ ।’
महामन्त्री थपाले नेपालमा पाएको रोजगारीले खुशीसाथ बस्नसक्छु भन्ने वातावरण बनाउनसके मात्रै युवाहरु नेपालमा बस्ने बताए