देश

महोत्तरीमा आगलागीमा परी १० लाखको क्षति

महोत्तरी । विद्युत सट भई आगलागी हुँदा यहाँको औरही नगरपालिका–१ स्थित औरहीबजारमा १० लाख बढीको धनमाल जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

फूलोदेवी मण्डल र खुर्शिद लहेरीको शृङ्गार सामग्री पसलमा बुधबार राति विद्युत् सट भई आगलागी भएको थियो ।

इलाका प्रहरी कार्यालय गौशालाका अनुसार मण्डलको काठको कठघरा र लहेरीको कच्ची इँटाको पसल घरमा आगलागी भएको हो ।

गत मङ्सिरमा बर्दिबास–१४ स्थित इलेक्ट्रिक पसलमा आगलागी हुँदा १ करोड बढीको धनमाल क्षति भएको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *