कोशी प्रदेश

कोशीको आन्तरिक मामिला मन्त्री बन्दै एमालेका भण्डारी

मोरङ । नेकपा एमालेका नेता एवं कोशी प्रदेशसभा सदस्य रेवतीरमण भण्डारी कोशी प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्री बन्ने भएका छन् । मुख्यमन्त्री हिक्मतकुमार कार्कीले उनलाई आन्तरिक मामिला मन्त्री बनाउन लागेका हुन्। नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक समेत रहेका भण्डारीको शपथ आजै राखिएको छ ।

उनको शपथ साँझ साढे ५ बजे तय भएको एमालेले जनाएको छ । तत्कालीन मन्त्री लीलाबल्लभ अधिकारी मानव तस्करी प्रकरणमा जोडिएर राजीनामा दिएपछि सो मन्त्रालय रिक्त छ । कानूनी पृष्ठभूमि भएका भण्डारीलाई मन्त्री हुन लागेका हुन् । सुनसरीबाट प्रदेशसभामा निर्वाचित भण्डारी संविधान सभा सदस्य पनि रहिसकेका छन् ।

कोशी सरकारमा नेपाली कांग्रेसको भागमा रहेको स्वास्थ्य मन्त्रालय पनि खाली छ । उक्त मन्त्रालय भौतिक पूर्वाधार विकास मन्त्री भुपेन्द्र राईले हेर्दै आएका छन् । कांग्रेसको आन्तरिक किचलोका कारण मन्त्रालयमा अझै मन्त्री नियुक्त हुन सकेको छैन । कांग्रेसले स्वास्थ्य मन्त्रालय डा.शेखर कोइराला समूहका लागि छुट्याएको छ । तर, कोइराला समूहले अहिलेसम्म नाम दिन सकेको छैन ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *