काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमणको तयारीमा रहनु परेकाले आज (शनिबार) हुने नेपाल प्रीमियर लिगको खेल हेर्ने मौका नपाएको बताएका छन् । प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल फेसबुकमार्फत एनपीएलको आजको खेल हेर्न नपाउने भएको बताएका हुन् ।
‘कीर्तिपुरको क्रिकेट मैदानमा आजदेखि नेपाल प्रिमियर लिग (एनपीएल) सुरु हुँदैछ । हाम्रो छिमेकी मित्रराष्ट्र चीन भ्रमणको तयारीमा रहनु परेकाले आज खेल हेर्ने मौका पाउन सकिनँ, एनपीएलमा सहभागी हुने ८ वटै फ्रेन्चाइज टोलीले उत्कृष्ट खेल्ने छन्’ उनले लेखेका छन् ।
ओलीले सबै खेलाडीलाई स्मरण गरेको बताउँदै शुभकामना व्यक्त गरेका छन् । सोमबार बिहान धरहराबाट प्रधानमन्त्री ओलीले एनपीएलको ट्रफी अनावरण गरेका थिए । ओलीले क्रिकेट युवा पुस्ताकोको गौरव बनेको बताएका थिए ।




