काठमाडौं । राहदानी विभागको सेवा ठप्प भएपछि सेवाग्राही आक्रोशित भएका छन् । त्रिपुरेश्वरस्थित राहदानी विभागको कार्यालय परिसरमा भेला भएकाहरुले छिटो सेवा सुरु गर्न माग गरेका छन् । सेवा प्रभावहका लागि माग राख्दा प्रहरीले हस्तक्ष गर्न खोजेपछि सेवाग्राही र प्रहरीबिच धकेलाधकेल भएको छ । हाल राहदानी वितरणको काम अनिश्चितकालका लागि ठप्प छ । विभागले प्रणालीमा समस्या आएकाले राहदानी वितरणको काम रोकिएको जनाएको छ ।
विभागले गत शुक्रबार सबै जिल्ला प्रशासन कार्यालयहरुलाई परिपत्र गरेर समस्या समाधान गर्न प्राविधिक समूहले काम गरिरहेको जानकारी गराएको थियो । १० मंसिरदेखि सबै समस्या समाधान गरेर सेवा पुनः सुरु गर्न प्रयास गरिरहेको विभागले जनाएको छ । सेवाग्राहीलाई विभाग परिसरमा फोटो भिडियो खिच्न रोक लगाएको तर सेवाग्राहीहरुले आफुहरुले भोगेका समस्या संचारको माध्यमबाट सबैले सुनाउने पक्षमा रहेको बताएका छन् ।




