काठमाडौं । काठमाडौंको जहरसिंपौवामा दोस्रो जहरसिंपौवा खुल्ला नकआउट फुटबल प्रतियोगिता असोज १२ गतेदेखी सुरु हुने भएको छ । हरसिंपौवा युवा क्लबले हिन्दूहरूको महान चाड बडा दशैं,तिहार,नेपाल सम्वत् तथा छठपर्व (२०८१ को उपलक्ष्यमा विगतका वषैझैँ यस वर्ष पनि दोस्रो जहरसिंपौवा खुल्ला नकआउट फुटबल प्रतियोगिता संचालन गर्ने भएको जनाएको छ ।
जहरसिंपौवा फुटबल ग्राउन्ड,शंखरापुर –३ मा असोज १२ गतेदेखी सुरु हने प्रतियोगिता असोज २३ गतेसम्म संचालनमा आउनेछ । उक्त फुटबल प्रतियोगितामा प्रथम स्थान हासिल गर्नेलाई २ लाख ,२२ हजार ,२ सय २२ रुपैँया, दोस्रो स्थान हासिल गर्नेलाई एक लाख,११ हजार एक सय ११ र तेस्रो स्थान हासिल गर्ने खेलाडीलाई ५५ हजार ,पाँच सय ५५ पुरस्कार राशी प्रदान गरिने क्लबले जनाएको छ । उक्त प्रतियोगितामा सहभागी हुन सम्पूर्ण खेलप्रेमी खेलाडीहरुलाई क्लबले निमन्त्रणा गरेको छ । साथै प्रतियोगितामा समावेश हुन खेलाडीहरुका लागि प्रवेश शुल्क १० हजार तोकिएको छ ।
जहरसिंपौवा युवा क्लबले विशेषगरी खेलाडीहरुको मनोबल उच्च बनाउँदै खेलाडीहरुको सिपको विकासमा समेत टेवा पु¥याउने उदेश्यका साथ विगतका वर्षहरुमा पनि फुट्बल प्रतियोगीता संचालन गर्दै आएको जहरसिंपौवा निवासी हाल दक्षिण कोरियामा बस्दै आएका सुदर्शन दंगालले संकल्प खबरलाई बताए । उनका अनुसार उक्त फुट्बल क्लबले निकै प्रतिभाशाली खेलाडीहरुसमेत जन्माइसकेको छ ।




