
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल सरकारका सचिवहरूको सिंहदरबारमा ‘ब्रिफिङ’ सुरू भएको छ । बैठकमा उपप्रधानमन्त्रीहरु, मन्त्रीहरू, प्रधानमन्त्रीका मुख्य सल्लाहकार, आर्थिक मामिला सल्लाहकार, योजना आयोगका पदाधिकारी, मुख्यसचिव र सबै मन्त्रलायका सचिवहरु सहभागी छन् ।
ओली प्रधानमन्त्री भएपछि सचिवहरूसँग पहिलो पटक संयुक्त ब्रिफिङ लिएका हुन् । प्रधानमन्त्री ओलीले आज प्रधानमन्त्री एवं मन्त्रिपरिषद्को कार्यालयमा सबै मन्त्रालयका मन्त्री एवं सचिव र राष्ट्रिय योजना आयोगका उपाध्यक्ष एवं सदस्यहरूलाई निर्देशन दिँदैछन् ।
प्रधानमन्त्री ओलीले सरकार गठन भएपछि पहिलोपटक उपप्रधानमन्त्रीद्वय प्रकाशमान सिंह र विष्णुप्रसाद पौडेलसहित सबै मन्त्री तथा सचिव र योजना आयोगका पदाधिकारीहरूलाई निर्देशन दिन लागेको सिंहदरबारस्थित प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । सो अवसरमा सबै मन्त्रालयका सचिवहरूले आ–आफ्नो मन्त्रालयको वस्तुस्थिति एवं कामकाजका बारेमा जानकारी गराउने बताइएको छ ।