बैंक/ शेयर

मौद्रिक नीति सार्वजनिक गर्ने कार्यक्रम अन्तिम समयमा रोकियो

काठमाडौँ । आज शुक्रबार मौद्रिक नीति नआउने भएको छ । राष्ट्र बैंकको तयारी आज बिहान सञ्चालक समिति बसेर नीति पारित गर्ने थियो। तर मौद्रिक नीतिबारे छलफल गर्ने समय कम भएकाले आज नआउने स्रोतले जनाएको छ ।

आज आउने नीति प्रधानमन्त्री कै निर्देशनमा रोकिएको बुझिएको छ। प्रधानमन्त्रीले आर्थिक सल्लाहकारमा पूर्व गभर्नर र अर्थमन्त्री डा. युवराज खतिवडा नियुक्त गरेपछि ओलीले खतिवडा मार्फत मौद्रिक नीतिमा छलफल गर्न चाहेको बुझिएको छ।

प्रधानमन्त्री ​ओलीले हालको मन्दी चिर्ने मौद्रिक नीति खोजेका छन्। सबैलाई सन्तुष्ट बनाउने र अर्थतन्त्र चलाएमान बनाउने खालको नीति प्रधानमन्त्रीले चाहेको र सल्लाहकार मार्फत उनले छलफल गर्न खोजेको स्रोतले अर्थसंसारलाई बतायो।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *