खेलकुद

अल हिलाल एशियन च्याम्पियन्स लिगको सेमिफाइनलमा

काठमाडौँ । साउदी क्लब अल हिलाल एशियन च्याम्पियन्स लिगको सेमिफाइनलमा पुगेको छ ।

गएराती सम्पन्न क्वाटरफाइनलको दोस्रो लिगमा अल इत्तिहादलाई २-० गोल अन्तरले पराजित गर्दै अल हिलालले समग्रमा ४-० को नतिजासहित सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको हो ।

अल हिलालको जितमा यासेर अलशाहरानी र माल्कमले एक एक गोल गरेका थिए ।

त्यसैगरी यस खेलमा अल इत्तिहादका अबडेरराजक हामदल्लाहले खेलको ९१औ मिनेटमा रातो कार्ड पाएका थिए ।

अब सेमिफाइनलमा अल हिललले युएईको क्लब अल ऐनसँग खेल्ने भएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *