काठमाडौं । नेकपा एमालेसहित प्रतिपक्षी दलहरुले संसदको बैठक अवरुद्ध गरेपछि सभामुख देवराज घिमिरेले प्रतिनिधि सभाको बैठक स्थगित गरेका छन् ।
आजको प्रतिनिधि सभाको बैठकमा एमालेसहितका प्रतिपक्षी दलहरुले प्रतिनिधि सभा बैठकमा सरकारका मन्त्रीहरु बिभिन्न काण्डमा मुछिएको भन्दै तीनजना मन्त्रीको माग गर्दै सरकारसँग जवाफ माग्दै संसदको बैठक अवरुद्ध गरेका थिए ।
लगातारको अवरोधपछि सभामुख घिमिरेले प्रतिनिधि सभाको बैठक १५ मिनेटका लागि स्थगित गरेका छन् ।




