विश्व

माल्दिभ्सबाट भारतीय सेनाको पहिलो टोली मार्च १० मा बाहिरिने

माले । माल्दिभ्सको विदेश मन्त्रालयले भारतले यस वर्षको मे सम्ममा टापु राष्ट्रबाट आफ्ना सेना फिर्ता गर्ने दाबी गरेको छ । भारतीय बिदेश मन्त्रालयले भारतले माल्दिभ्सबाट आफ्ना सेना फिर्ता गर्ने जनाएको छ । अधिकारीहरूले हिन्द महासागर द्वीपसमूहमा तैनाथ करिब ८० सैनिकहरू भारतीय नागरिकहरूले प्रतिस्थापन गर्ने बताएका छन् ।

माल्दिभ्सले द्विपक्षीय सहयोग सम्बन्धी विभिन्न विषयमा दिल्लीमा भएको उच्चस्तरीय बैठकमा भएको सहमतिलाई उद्धृत गर्दै भारतीय सैनिकको पहिलो समूह मार्च १० सम्म र बाँकी मे १० सम्ममा देश छाड्ने बताएको हो । माल्दिभ्सको विदेश मन्त्रालयले दुई देशबीचको अर्को द्विपक्षीय बैठक फेब्रुअरीको अन्तिम साता मालेमा हुने जनाएको छ ।

उता, भारतको विदेश मन्त्रालयले दुवै देशले भारतीय उड्डयन प्लेटफर्मको सञ्चालनलाई निरन्तरता दिन भने सहमत भएको बताएको छ । तर, मन्त्रालयले सेना फिर्ता गर्ने कुनै समयसीमा तोकेको छैन । भारतले माल्दिभ्समा तैनाथ एक दर्जन स्वास्थ्यकर्मीसहित भारतीय सैनिकले देशको दुर्गम क्षेत्रमा बसोबास गर्ने मानिसहरूलाई मानवीय सहायता र चिकित्सा उपचार उपलब्ध गराएको जनाएको छ । एजेन्सी

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *