काठमाडौं । बागमती प्रदेशमा राष्ट्रियसभा निर्वाचनमा अन्यतर्फ कांग्रेसका जितजंग बस्नेत निर्वाचित भएका छन् । बिहीबार भएको निर्वाचनमा बस्नेतले उनका प्रतिस्पर्धी एमालेका त्रिलोचन निर्मल पौडेललाई ३९७२ मतले पछि पादैं राष्ट्रिय सभा निर्वाचनमा विजय भएका हुन् । बस्नेतले ६५३१ मत पाएका छन् भने उनका प्रतिस्पर्धी एमालेका त्रिलोचन निर्मल पौडेलले २५५९ मत प्राप्त गरेका छन् ।




