खेलकुद

भलेन्सियामाथि रियल म्याड्रिडको शानदार जित

काठमाडौँ । स्पेनिस ला लिगा अन्तर्गत रियल म्याड्रिडले भलेन्सियालाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा रियल म्याड्रिडले भलेन्सियालाई ५-१ गोल अन्तरले पराजित गरेको हो ।

रियल म्याड्रिडको जितमा भिनिसियस जुनियर र रोड्रीगोले २-२ गोल गरेका थिए भने डानी कार्भाजलले एक गोल गरेका थिए ।

त्यसैगरी भलेन्सियाका लागि हुगो डुरोले एक गोल फर्काएका थिए ।

यो जितपछि रियल म्याड्रिडको १३ खेलमा ३२ अंक भएको छ र लिगको दोस्रो स्थानमा रहेको छ । त्यस्तै लिगको शिर्ष स्थानमा भने गिरोना रहेको छ । गिरोनाको १३ खेलमा ३४ अंक रहेको छ ।

त्यसैगरी भलेन्सियाको भने यो हारपछि १३ खेलमा १८ अंक रहेको छ र लिगमा नवौं स्थानमा छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *